काठमाडौं । प्रतिनिधि सभाकाे सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्याैपानेले उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।
न्याैपानेले बुधबार दिउँसाे सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । न्याैपानेकाे प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला हुनुहुन्छ ।
कांग्रेस संसदीय दलकाे बैठकले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे ।
सत्ता साझेदार दलबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दिइसक्नुभएकाे छ । सभामुखका लागि उम्मेदवारी दिन आज दिउँसाे १ बजेदेखि अपरान्ह ४ बजेसम्मकाे समय ताेकिएकाे छ ।
यसैबीच कांग्रेसले सभामुख र उपसभामुख चुनावका विषयमा सरकारमा सहभागी नभएका दलसँग छलफल थालेकाे छ । कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का महन्थ ठाकुरसँग छलफल थालेकाे हाे ।
