काठमाडाैं । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले शपथ लिनुभएकाे छ ।
बुधबार एक समाराेहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले मण्डल र राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । शपथ ग्रहण समाराेहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो ।
सभामुख मण्डल र उपसभामुख राउतले पदभार ग्रहण गरिसक्नुभएकाे छ । मण्डल र राउत मंगलबार मधेश प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् । स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
