काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासकाे मत पाउनुभएकाे छ ।
बुधबार बसेकाे मधेश प्रदेश सभाबाट मुख्यमन्त्री यादवले विश्वासकाे मत पाउनुभएकाे हाे । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा आजकाे बैठकमा १ सय २ जना सांसद् उपस्थित थिए । उपस्थित सबै सांसद्ले मुख्यमन्त्री यादवलाई विश्वासकाे मत दिएका छन् ।
मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
