काठमाडाैं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाँड केसी शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयाेजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई पद तथा गाेपनीयताकाे शपथ गराउनुभयाे । प्रदेश प्रमुखबाट शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख खाँडलाई शपथ गराउनुभयाे ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसद्हरू र प्रदेश सरकारका प्रमुख सचिव लगायत सहभागी हुनुभएकाे थियाे । मंगलबार बसेकाे लुम्बिनी प्रदेश सभाकाे बैठकबाट घर्ती सभामुखमा र खाँड उपसभामुखमा निर्विराेध निर्वाचित हुनुभएकाे थियाे ।
