काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
बिहीबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नुभएकाे हाे । नेकपा एमालेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद्काे समर्थन चाहिन्छ । गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ र २ स्वतन्त्र सांसद्को समर्थन छ ।
लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ जना सांसद् छन् ।
