काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकबाट प्रतिनिधि सभाको सभामुख चयन हुनेछ ।
सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार हुनुहुन्छ ।
घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ,समर्थकमा हितराज पाण्डे,राजेन्द्र प्रसाद लिङदेन र रवि लामिछाने हुनुहुन्छ भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला रहनु भएकाे छ ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुनुहुन्छ ।
लाइभ:
