काठमाडाैं । नेपाली कांग्रेसले माघ १ गते पाेखरामा भएकाे यतीकाे विमान दुर्घटनासम्बन्धी जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
प्रतिनिधि सभाकाे आजकाे बैठककाे सुरुमै समय लिएर बाेल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विमान दुर्घटनाबारे के भएकाे हाे र उद्दार तथा राहतबारे सदनलाई जानकारी गराउन माग गर्नुभयाे ।
७१ जनाकाे ज्यान जानेगरी भएकाे हवाई दुर्घटनासम्बन्धी विषय प्रतिनिधि सभाकाे कार्यसूचीमा नराखिनु दु:खद भएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे शव आफ्न्तलाई बुझाउन ढिलासुस्ती हुँदा आफन्तहरुमा झन् पीडा थप्ने काम भएकाे भन्दै सांसद् लेखकले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
