काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखकले सरकार जनता प्रति कर्तव्यविमुख हुन नसक्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै लेखकले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको विषयमा प्रतिनिधि सभालाई विस्तृत जानकारी दिन सरकार समक्ष लेखकले माग गर्नुभयो । दुर्घटनामा के भएको थियो, अहिले के भइरहेको छ भन्ने कुरा सरकारले जानकारी गराउनु पर्ने उहाँले बताउनुभयो । ‘आजका कार्यसूचीका विषलाई स्थगन गरेर अथवा कार्यसूचीलाई केही समय पछि सारेर भए पनि सरकारले यस विषयमा सदनलाई जानकारी गराओस्’, उहाँले भन्नुभयो ।
देश भित्र र अन्तर्राष्ट्रिय स्तरमा समेत दुर्घटनाको विषयमा उठेका प्रश्नको जवाफ सरकारले दिनु पर्ने उहाँले माग गर्नुभयो ।
