काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल तोक्न माग गरेको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै नेमकिपा सांसद् प्रेम सुवालले प्रमुख प्रतिपक्षी दल ताेक्न माग गर्नुभयाे ।
सरकारलाई विश्वासकाे मत दिएर भाग खाेज्ने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी हुन नसक्ने उहाँले बताउनुभयाे । 'सत्तापक्षसँग सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति पद साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी हुँदैन'- सांसद् सुवालले भन्नुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकाले संघीय कानुन बमोजिम नेमकिपा नै विपक्षी भएकाले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल ताेकेर मात्र प्रतिनिधि सभा बैठकलाई अघि बढाउन पनि उहाँले सभामुखकाे ध्यानाकर्षण गराउनुभयाे ।
शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा नराख्न पनि माग गर्नुभयाे ।
