काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले कांग्रेस अब प्रतिपक्षी दल नभएको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी प्रधानमन्त्री बनाउन मतदान नगर्ने सबैभन्दा ठुलो दल भएकोले कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्ष दल भएको उहाँले बताउनुभयो । त्यसैले नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न उहाँले माग गर्नुभयो । ‘यो बैठक स्थगित गरी नेपाल मजदुर किसान पार्टीलाई प्रतिपक्षी दल घोषणा गरी बैठक सञ्चालन गर्न माग गर्दछु’, बिहीबारको प्रतिनिधि सभा बैठकमा उहाँले भन्नुभयो ।
उहाँले नपाली कांग्रेसले संवैधानिक पदको लागि साझेदारी गर्न खोजेकोले पनि कांग्रेस प्रतिपक्षी दल नभएको उहाँले बताउनभयो । ‘सत्तापक्षसँग सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति पद साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी हुँदैन’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसको अहिलेको व्यवहारले पश्चिमा शैलीको संसदीय व्यवस्था अन्त्य भएको बताउनुभयो । यसबाट नेपालमा चिनिया संसदीय प्रणाली विकास भएको उहाँले बताउनुभयो ।
