काठमाडौं । प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले नेपालको समृद्धि र राष्ट्रिय स्वाधीनताको साथ अघि बढ्नु अबको दायित्व भएको बताउनुभएको छ ।
बिहीबार देवराज घिमिरेलाई प्रतिनिधि सभामा सभामुख बनाइयोस् भन्ने प्रस्तावको समर्थन गर्दै पाण्डेले यसको लागि सदनलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । ‘त्यसको लागि देवराज घिमिरे सक्षम हुनुहुन्छ, योग्य हुनुहुन्छ’ उहाँले भन्नुभयो ।
