काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद् राजेन्द्र लिङ्देनले देवराज घिमिरे सभामुखका लागि सुयोग्य र निष्पक्ष व्यक्ति भएको बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाई मन्त्री समेत रहनुभएका लिङ्देनले सबैलाई लिएर हिँड्न सक्ने क्षमता घिमिरेमा रहेकाे बताउनुभयाे ।
सुवास नेवाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै लिङ्देनले सभामुखका लागि घिमिरे सुयाेग्य पात्र रहेकाे बताउनुभयाे ।
घिमिरे र आफूहरु फरक राजनीतिक पृष्ठभूमिकाे भएपनि घिमिरेलाई आफूले नजिकबाट चिनेकाे उहाँले बताउनुभयाे । 'लामाे समयदेखि नेपाली राजनीतिमा क्रियाशील,साधा जीवन व्यतित गर्नुभएकाे सदाचारी व्यक्ति हुनुहुन्छ र सबैलाई लिएर हिँड्न सक्ने चरित्रकाे हुनुहुन्छ,सभामुख जस्ताे गरिमामय पदका लागि उहाँ सुयाेग्य पात्र हुनुहुन्छ, निष्पक्षता र यसकाे प्रभावकारीताका लागि सक्षम व्यक्ति हुनुहुन्छ'-लिङ्देनले भन्नुभयाे ।
घिमिरेलाई समर्थन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयाे ।
