काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नै भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभामा ईश्वरी न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्ताव गर्दै शर्माले संसद्को चाहना अनुसार नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षकी भूमिकामा रहेको उहाँले बताउनुभयो । ‘हामीले ढोक्सा थापेका छैनौँ’, उहाँले भन्नुभयो ।
उहाँले कांग्रेसले माछा मार्न ढाेक्सा थाप्यो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई बाँधिएको पिँजडामा नराख्न आग्रह गर्नुभयो । हिजो सरकार सञ्चालनको उच्च स्तरीय संयन्त्र बनाउने कुरामा संविधानले नचिनेको संयन्त्र भन्ने केपी ओली आज त्यही संयन्त्रको संयोजक बनेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
