काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्याैपाने सभामुख पदका लागि याेग्य उम्मेदवार रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद् विश्वप्रकाश शर्माले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै सांसद् ज्वालाले साे पदका लागि न्याैपाने याेग्य व्यक्ति भएकाे बताउनुभयाे ।
प्रमुख प्रतिपक्षी र सदनकाे ठूलाे दल नेपाली कांग्रेससहित एकीकृत समाजवादीले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएकाे भन्दै उहाँले राष्ट्रिय सहमतिसाथ अघि बढ्ने अवसर अहिले सदनलाई रहेकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँगै आफूहरुले मत दिएर गुन लगाएकाे भन्दै ज्वालाले न्याैपानेलाई मत दिएर गुन तिर्न माओवादी सांसद्लाई आग्रह गर्नुभयाे । 'कमशेकम प्रधानमन्त्रीजी काे पार्टीले त गुन तिर्ला भन्ने मलाई विश्वास छ'- ज्वालाले भन्नुभयाे ।
महिला सांसद्ले महिलालाई मत दिएर राष्ट्रपति महिला बनाए जस्तै सभामुख पनि महिला बनाउनुपर्ने ज्वालाले बताउनुभयाे ।
