काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुखसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै जसपा सांसद् प्रकाश अधिकारीले आफ्नाे पार्टीले घिमिरेलाई मत दिने जानकारी गराउनुभएकाे हाे ।
सरकारलाई समर्थन गरेकाे जसपा सरकारमा भने सहभागी भएकाे छैन । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद् छन् ।
घिमिरेलाई आफूले नजिकबाट चिनेकाे भन्दै सांसद् अधिकारीले आफ्नाे पार्टीले घिमिरेलाई नै मत दिने जानकारी गराउनुभयाे ।उहाँले प्रतिनिधि सभाबाट निर्वाचित हुने सभामुखकाे भूमिका निष्पक्ष रहने अपेक्षा रहेकाे बताउनुभयाे ।
लाेकतन्त्र,गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्ने र त्यसका लागि राजनीतिक स्थायित्व कायम हुनुपर्ने बताउनुभयाे ।
