काठमाडाैं । जनमत पार्टीले पनि समामुख पदमा नेकपा एमालेका देवराज घिमिरेलाई मत दिने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै जनमतका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) घिमिरेलाई मत दिने बताउनुभयाे ।
सत्ता गठबन्धनमै रहेकाले आफ्नाे पार्टीले घिमिरेलाई मत दिने उहाँले बताउनुभयाे । प्रतिनिधि सभामा जनमतमा ६ सांसद् छन् ।
राष्ट्रिय सहमतिका कुरा गर्नेहरुले आफूहरुलाई उपेक्षा गरेकाे भन्दै सांसद् राउतले आक्राेश पनि व्यक्त गर्नुभयाे । सरकार र संसद्ले नश्लबादी चिन्तन देखाएको उहाँकाे आराेप छ ।
