काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले राेस्ट्रमबाटै माैन धारणा गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्ने क्रममा सांसद् राउतले मधेश आन्दाेलनका शहिदकाे सम्झनामा १ मिनेट माैनधारण गर्नुभयाे ।
माघ ५ गते अर्थात मधेश बलिदानी दिवसकाे अवसरमा माैनधारण गर्दै राउतले अरुलाई पनि माैन धारण गर्न आग्रह गर्नुभयाे । 'यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ?'- राउतकाे प्रश्न थियाे ।
त्यसक्रममा केही सांसद्ले उठेर माैनधारण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उठ्नुभएन । गृहमन्त्री रवि लामिछाने र उहाँकाे दलका सांसद् लगायत सांसद् भने उठेर माैनधारण गरे ।
