काठमाडाैं । स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेलाई मत दिनुहुने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्ने क्रममा सांसद् सिंहले सभामुखमा घिमिरेलाई मत दिने जानकारी दिनुभयाे ।
संसद् सरकारकाे कठपुतली बन्न गएकाे भन्दै उहाँले त्याे अन्त्य हुनुपर्ने बताउनुभयाे । सभामुखमा निर्वाचित भएपछि सधैंका लागि दलकाे सदस्यता त्याग्न सांसद् सिंहले घिमिरेलाई सुझाव दिनुभयाे ।
