काठमाडाैं । प्रतिनिधि सभाकाे उपसभामुखकाे चुनाव माघ ७ गते हुने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले साे जानकारी दिनुभएकाे हाे । उहाँले उपसभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्न संघीय संसद् सचिवालयलाई निर्देशन पनि दिनुभयाे ।
प्रतिनिधि सभाकाे आजकाे बैठकमा सभामुखका लागि मतदान भएकाे मतदानबाट नेकपा एमालेका देवराज घिमिरे १ सय ६७ मतसहित सभामुखमा निर्वाचित हुनुभएकाे छ ।
प्रतिनिधि सभाकाे अर्काे बैठक माघ ७ गते दिउँसाे ११ बजे बस्नेगरी स्थगित भएकाे छ ।
