काठमाडाैं । माघ १ गते पाेखरामा भएकाे यती एयरलाइन्सकाे विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रतिनिधि सभाबाट विशेष शाेक प्रस्ताव पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे अन्तिममा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राख्नुभएकाे प्रस्ताव बैठकले पारित गरेकाे हाे । विमान दुर्घटना ज्यान गुमाएकाहरूको सम्झनामा बैठकमा १ मिनेट मौनधारण पनि गरिएकाे थियाे ।
काठमाडाैंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । १ जना वेपत्ता छन् । उनको खोजी जारी छ ।
