काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले मत पाउनुभएकाे छ ।
बिहीबार बसेकाे लुम्बिनी प्रदेश सभा बैठकबाट गिरीले विश्वासकाे मत पाउनुभएकाे हाे । विश्वासकाे मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ५७ र विपक्षमा २८ मत परेकाे छ । बैठकमा ८६ सांसद् उपस्थित थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद्काे समर्थन चाहिनेमा उहाँलाई ५७ सांसद्ले मत दिएका हुन् । कांग्रेसका र जनमाेर्चाका सांसद् बाहेक सबैले मुख्यमन्त्रीलाई विश्वासकाे मत दिएका छन् ।
लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ जना र २ स्वतन्त्र सांसद् छन् ।
नेकपा एमालेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
