काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले सबैलाई समेट्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभयाे । विगतका घटनाबाट पाठ सिक्दै आफ्नाे जिम्मेवारी पूरा गर्ने उहाँले बताउनुभयाे ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानबाट १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित हुनुभएकाे हाे ।
