काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई दिनुभएकाे छ ।
सभामुख घिमिरेलाई अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएकाे छ ।
झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् घिमिरे बिहीबार सभामुखमा निर्वाचित हुनुभएकाे हाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानमा सभामुख घिमिरेलाई १ सय ६७ सांसद्ले मत दिएका थिए । १०० सांसद्ले विपक्षमा मत दिएका थिए भने १ जना तटस्थ बसेका थिए ।
