काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुख चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताका लागि दिउँसाे १ देखि अपरान्ह ४ बजेसम्मकाे समय दिइएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । माघ ७ गते शनिबार दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख पदको चुनाव हुनेछ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानबाट देवराज घिमिरे सभामुखमा निर्वाचित भइसक्नुभएकाे छ ।
