काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयाेजना हुने विशेष समाराेहमा उहाँले शपथ लिन लाग्नुभएकाे हाे । झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरे बिहीबार सभामुखमा नियुक्त हुनुभएकाे थियाे ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानमा १ सय ६७ मतसहित उहाँ सभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
