काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा रानामगरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मदेवारी दर्ता गराउनुुभएको छ ।
सांसद् रानामगरले शुक्रबार दिउँसाे सत्ता साझेदार दलकाे तर्फबाट उपसभामुखमा उम्मेदवारी दिनुभएकाे हाे । उहाँको प्रस्तावकमा रास्वपाका सोविता गौतम हुनुहुन्छ । समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।
उपसभामुखका लागि आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्मकाे समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएकाे छ । उपसभामुखका लागि भाेलि दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकका मतदान हुनेछ ।
