काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने बताउनुभएकाे छ ।
शुक्रबार सिंहदरबारस्थित सभामुखकाे कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले प्रतिनिधि सभालाई अझै बढी व्यवस्थित, क्रियाशील, मर्यादित र प्रभावकारी बनाउनका लागि प्रयत्न गर्ने बताउनुभयाे । त्यसका लागि नेतृत्व गर्ने ठाउँमा आफू पुगेकाे र त्याे जिम्मेवारीलाई पूर्ण रुपमा पूरा गर्ने उहाँले बताउनुभयाे
पदबहाली गर्दै सभामुख घिमिरेले सांसद्हरुका लागि संसदीय अभ्यास र प्रकृया सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गर्नुभएको छ । प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनुभयाे ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख घिमिरेले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । सभामुख घिमिरेलाई संघीय संसद् सचिवालयका कर्मचारीले भव्य स्वागत गरेका थिए ।
घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो ।
