काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयाेजित एक विशेष समाराेहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएकाे हाे ।
शीतल निवासमा शपथ लिएलगत्तै सभामुख घिमिरेले सिंहदरबार पुगेर पदबहाली गर्नुभएकाे छ । उहाँ बिहीबार प्रतिनिधि सभाकाे सभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
हेर्नुस् तस्विर:
