काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुखमा नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।
यादवले शुक्रबार दिउँसाे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेर सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
उहाँको प्रस्तावकमा कांग्रेस सांसद् बद्रीप्रसाद पाण्डे हुनुहुन्छ । यादवकाे समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका सांसद् मेटमणि चौधरी हुनुहुन्छ ।
उपसभामुखमा उम्मेदवारी दर्ता गर्नका लागि संघीय संसद् सचिवालयले आज दिउँसाे १ देखि अपरान्ह ४ बजेसम्मकाे समय दिएकाे थियाे ।
