काठमाडाैं । प्रतिनिधि सभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिपष्पर्धा हुने भएकाे छ ।
संघीय संसद् सचिवालयले उपसभामुखमा मनाेनयन दर्ताका लागि दिएकाे समयसीमामा राना र यादव गरी दुई जनाकाे उम्मेदवारी परेकाे हाे । उपसभामुखमा उम्मेदवारी दर्ताका लागि आज दिउँसाे १ देखि अपरान्ह ४ बजेसम्मकाे समय दिइएकाे थियाे ।
रानाकाे प्रस्तावकमा रास्वपाकी सांसद् सोविता गौतम हुनुहुन्छ । समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।
यादवकाे प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे हुनुहुन्छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी हुनुहुन्छ ।
