काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।
शुक्रबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सभामुख घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे ।
त्यसक्रममा उहाँले स्मारकमा माल्यार्पण गर्नुभएकाे थियाे । सभामुख घिमिरेले एक मिनेट मौनधारण समेत गर्नुभएकाे थियाे । शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएकाे थियाे ।
