काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएकाे छ ।
शुक्रबार बसेकाे कर्णाली प्रदेश सभा बैठकबाट शर्माले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा २५ र विपक्षमा १४ मत परेकाे थियाे ।
शर्मालाई नेकपा एमालेका ९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १, एकीकृत समाजवादीका १ र १ स्वतन्त्रसहित २५ जना सांसदले मत दिएका हुन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनुभएका शर्मा पुस २७ गते कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । कर्णालीमा माओवादी र एमालेले आलाेपालाे सरकारकाे नेतृत्वकाे गर्ने समझदारी भएकाे छ ।
