काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्ने बैठकमा उपसभामुख चयनसम्बन्धी दुई वटा प्रस्ताव पेस हुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोबिता गौतमले इन्दिरा रानालाई सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । साे प्रस्तावलाई नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुहुनेछ ।
कांग्रेसका बद्री पाण्डे मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । साे प्रस्तावलाई लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीले समर्थन गर्नुहुनेछ ।
दुबै प्रस्ताव पेस भएपछि उपसभामुख चयनका लागि मतदान हुनेछ ।
