काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले प्रतिनिधि सभाका सदस्य लक्ष्मी महताे काेइरीलाई पक्राउ नगरेकाे भन्दै सरकारकाे आलाेचना गर्नुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै सांसद् खतिवडाले अपराधीलाई खाेज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खाेज्ने परम्पराकाे सुरुआत हुनु दु:खद भएकाे बताउनुभयाे ।
प्रेस विज्ञप्तिबाट अपराधी खाेज्ने परम्परा विकास भयाे भने देश कता जान्छ भन्दै उहाँले प्रश्न गर्नुभयाे । 'मान्छे पक्रन नसक्ने अनि सूचना जारी गर्ने ?'-खतिवडाकाे प्रश्न छ ।
अपराधी खाेज्न विज्ञप्ति जारी गर्ने परम्परा गलत भएकाे भन्दै साे विषयमा रुलिङ गर्न सभामुख देवराज घिमिरेकाे ध्यानाकर्षण गराउनुभयाे । गृहमन्त्री काे आदेश प्रहरी नटेर्ने र विज्ञप्ति लेख्ने परम्पराले गाेपनीयताकाे हककाे उल्लंघन भएकाे पनि खतिवडाले बताउनुभयाे ।
गृहमन्त्री रवि लामिछानेले सस्तो लोकप्रियताका लागि हौवा खडा गरेको आराेप समेत उहाँले लगाउनुभयाे ।
