काठमाडाैं । नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले मुक्ताकुमारी यादव उपसभामुखका लागि उपयुक्त पात्र भएकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा यादवलाई उपसभामुख पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्दै सांसद् पाण्डेले सभामुख सत्तापक्षकाे हुँदा उपसभामुख प्रतिपक्षकाे हुनुपर्ने बताउनुभयाे ।
सत्ता पक्षबाट सभामुख निर्वाचित भइसकेका कारणले अब प्रतिपक्षबाट उपसभामुख निर्वाचित हुँदा मात्रै सदनलाई एकताबद्ध गरेर लैजान सकिने भएकाले यादवलाई मत दिनुपर्ने उहाँले बताउनुभयाे । संविधानले फरक दलबाट सभामुख र उपसभामुख हुने व्यवस्था गरेको सांसद् यादवले बताउनुभयाे ।
सभामुख र उपसभामुख एउटै जिल्लाबाट बनाउने प्रयास गलत भएकाे समेत सांसद् पाण्डेले बताउनुभयाे । मुक्ता यादव संसदीय अभ्यास बुझेकाे अनुभवी व्यक्ति भएकाे पनि उहाँले बताउनुभयाे ।
