काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् नारायणी शर्माले महिलाहरुले संकटकाे बेला पनि नेतृत्व गर्न सक्छन् भन्ने कुरा विगमतै पुष्टि भइसकेकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा साेबिता गाैतमले उपसभामुखका इन्दिरा रानालाई उपभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावकाे समर्थन गर्दै सांसद् शर्माले विगतको आन्दोलन र संघर्षकै कारण अहिलेको राजनीतिक व्यवस्था स्थापित भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'जब अप्ठेराे पर्छ, संकट पैदा हुन्छ, त्यतिबेला नेतृत्वले नेतृत्व गर्ने मात्र हाेइन, आफ्नाे व्यवहार जनतासामु देखाउन सक्छ भन्ने कुरा शाहीकालमै पुष्टि भएकाे थियाे,त्यतिबेला उपसभामुख चित्रलेखा यादवले सडकबाट पनि सदन चलाएकाे उदाहरण हामीसँग छ,त्याे नेतृत्व पैदा गर्ने अवसर इन्दिरा रानाले पाउँदै हुनुहुन्छ,त्यसलाई उहाँले पुँजीका रुपमा राख्नुहुनेछ ।'
उपसभामुखमा देखिएकाे प्रतिष्पर्धाले लाेकतान्त्रिक गणतन्त्रकाे गाैरवलाई बढाएकाे सांसद् शर्माले बताउनुभयाे । उहाँले भन्नुभयाे औ 'महिलालाई, जनजातिलाई प्रतिष्पर्धामा ल्याउनका लागि, पछाडि परेको सीमान्तकृत र दलित समुदायलाई प्रतिस्पर्धामा ल्याउनका निम्ति विगतमा गरिएका संघर्षहरू, आन्दोलनहरुको योगदान छ, यतिबेला एउटा मेधशी चेली र अर्की जनजाति चेली प्रतिष्पर्धामा हुनुहुन्छ,यो क्षणमा मलाई गर्व लागेको छ,यसले लाेकतान्त्रिक गणतन्त्रकाे गाैरवलाई बढाएकाे छ ।'
नेतृत्वलाई स्वच्छ ढंगले अगाडि बढाउन समेत उहाँले उपसभामुखलाई आग्रह गर्नुभयाे । उपसभामुखमा इन्दिरा राना उपयुक्त पात्र भएकाे शर्माले बताउनुभयाे । राजनीतिक भूमिका खेल्दै गर्दा इन्दिरा रानाले सामाजिक रुपमा खेलेका भूमिकालाई जनताले लियालिरहेका शर्माले बताउनुभयाे । प्रतिबद्ध रुपमा कुनै काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्ने व्यक्ति राना भएकाे उहाँले बताउनुभयाे ।
सामाजिक क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा छवि बनाएकी रानालाई मत दिन सांसद् शर्माले सबैलाई आग्रह गर्नुभयाे ।
