काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी विपक्षी दल हुनै नसक्ने बताउँनु भएकाे छ ।
प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी नेपाली कांग्रेस विपक्षी दल हुनै नसक्ने भन्दै आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न सभामुखसँग माग गर्नुभएकाे हाे ।
‘प्रमुख विपक्षि दल तोकिएको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी विपक्षी दल हुनै सक्दैन ।' सुवालले भन्नुभयाे- 'नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस् । प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने अनि विपक्षी दल पनि भन्ने त बल मिच्याइ हो ।’
सभामुखजस्तै उपसभामुख पनि पार्टीबाट राजीनामा दिएर तटस्थ भूमिकामा बस्नुपर्ने उहाँकाे माग थियाे ।
