काठमाडाैं । प्रतिनिधि सभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना निर्वाचित हुनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकबाट सत्ता गठबन्धनकी साझा उम्मेदवार राना १ सय ६७ मतसहित उपभामुखमा निर्वाचित हुनुभएकाे हाे । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा उपसभामुख चयन गर्ने दिन बैठकमा २ सय ६४ सांसद् उपस्थित भएका छ्न् ।
सभामुख देवराज घिमिरे मतदानमा सहभागी हुनुभएन । १० जना सांसद् बैठकमा अनुपस्थित रहे । १० मध्ये कांग्रेसका टेकबहादुर गुरूङ निलम्बित हुनुहुन्छ ।
यी हुन् उपसभामुख चुनावमा अनुपस्थित सांसद्:
१. वर्षमान पुन (बिरामी) २. कृष्णकुमार श्रेष्ठ ३. धनबहादुर बुढा ४. धवलशमशेर जबरा ५. बिनाकुमारी थनैत ६. मनोरमा शेरचन ७. राजेन्द्र प्रसाद पाण्डे ८. सपना राज भण्डारी ९. लक्ष्मी महतो कोइरी १०. टेकबहादुर गुरूङ (निलम्बित)
