काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ ।
उपसभामुख रानाले आज साँझ ५ बजे शपथ ग्रहण गर्न लाग्नुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले रानालाई शपथ गराउनुहुनेछ ।
राना शनिबार उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
