काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार साँझ आयाेजित एक समाराेहबीच उपसभामुख रानाले शपथ लिनुभएकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनि सभाका सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउनुभएकाे हाे ।
रानाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
राना माघ ७ गते उपसभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
