काठमाडाैं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पदभार ग्रहण गर्नुभएकाे छ ।
साेमबार राष्ट्रपति कार्यालय शीतल निवासमा सभामखु देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपसभामुख रानाले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे ।
उपसभामुख रानालाई संघीय संसद् सचिवालयका कर्मचारीले स्वागत गरेका थिए । राना माघ ७ प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
