काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
दिउँसाे १ बजेर १ मिनेटमा बस्ने बैठकमा नेपाल विश्वविद्यालय विधेयक,२०७९ माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस हुँदैछ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले साे विधेयक पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन विशेष समितिका संयाेजक खिमलाल देवकाेटाले 'संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिकाे प्रतिवेदन' पेस गर्नुहुनेछ ।
