काठमाडाैं । २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पाैडेलले प्रतिनिधि सभा नियमावली मस्याैदा समिति गठन गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावमा रामकृष्ण यादव ऋषीकेश पाेखरेलले समर्थन जनाउनुभएकाे थियाे ।
प्रतिनिधि सभा नियमावली मस्याैदा समिति गठन गरियाेस् भन्ने सदस्यहरुकाे नामावली सहितकाे प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्नुभएकाेमा सर्वसम्मतिले पारित सर्वसम्मतिले पारित भएकाे हाे ।
