काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामचन्द्र पाैडेलले सभामुख देवराज घिमिरेकाे जिम्मेवारी अत्यन्तै चुनाैतीपूर्ण रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पाैडेलले भन्नुभयाे - 'सभामुखकाे जिम्मेवारी अत्यन्तै चुनाैतीपूर्ण छ पक्ष र विपक्षलाई मिलाएर लैजानुपर्छ,लैजानुहाेला ।'
बेला-बेलामा अतिरञ्जित कुरा आउने भन्दै उहाँले त्यसलाई सभामुखले आफ्नो कौशल देखाएर सम्बोधन गर्नुपर्ने बताउनुभयाे । सभामुखकाे भूमिका आफूले पनि निर्वाह गरिरहेकाे भन्दै सांसद् पाैडेलले पूर्वाग्रह नराखी सभामुख अगाडि बढ्न सभामुख घिमिरेलाई सुझाव दिनुभयाे ।
नेपालमा भूराजनीतिक दबाब रहेकाे भन्दै सांसद् पाैडेलले सबै दल मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताउनुभयाे । देशमा राष्ट्रिय नेतृत्वकाे अभाव रहेकाे देखिएकाे दाबी पनि उहाँले गर्नुभयाे ।
