काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पाैडेलले सदनलाई प्रभावकारी, रचनात्मक र क्रियाशील बनाउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पाैडेलले विगतकाे समीक्षा गर्दै सदनलाई प्रभावकारी बनाउन सबै दलले भूमिका खेल्नुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'विगतका विषयकाे पुनरावृत्ति गरेर कटाक्ष गर्ने थलाे नबनाेस्, विगतकाे इतिहासकाे समीक्षा गर्नुपर्छ र वर्तमानमा अगाडि बढ्नुपर्छ, अब देश निर्माणमा कसरी अगाडि बढ्नेमा हामीले बहसलाई केन्द्रित गर्याैं भने, याे सदनकाे गरिमा, याे सदनकाे महत्व र जनताकाे भावनाकाे उचित सम्बाेधन हुने प्रष्ट छ ।'
सदनलाई प्रभावकारी र रचनात्मक बनाउन सबै दलकाे भूमिका रहेपनि सभामुख र उपसभामुखकाे नेतृत्व महत्वपूर्ण हुने सांसद् पाैडेलले बताउनुभयाे । 'जनताकाे भावना र देशका जल्दाबल्दा समस्यामा केन्द्रित हुने थलाे सदनलाई बनाउन उहाँहरुकाे नेतृत्वदायी भूमिका हुनेछ'-उहाँले भन्नुभयाे ।
शहीदहरुलाई सम्मान गर्न सिक्नुपर्ने सुझाव पनि सांसद् पाैडेलले दिनुभयाे । शहीदकाे रगत पसिना र आसुबाट संविधान बनेकाे र सदन बनेकाे उहाँले बताउनुभयाे ।
व्यवस्था फेरिएपनि अवस्था नफेरिएकाे भन्दै सांसद् पाैडेलले भुँइ मान्छेहरुकाे पीडा सम्बाेधन हुनुपर्ने बताउनुभयाे ।
