काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३:५९ बजे बस्ने बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले 'नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस्' भन्ने प्रस्ताव पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
