काठमाडाैं । राष्ट्रिय सभाले 'नेपाल विश्वविद्यालय विधेयक, २०७९' लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकले 'नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस्' भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकाे हाे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले 'नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस्' भन्ने प्रस्ताव पेस गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई समय दिनुभएकाे थियाे । मन्त्री खनालले साे प्रस्ताव पेस गरेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
बैठकमा तिमिल्सिनाले राष्ट्रिय सभाका उपाध्यक्षकाे चुनाव माघ २३ गते हुने जानकारी पनि दिनुभयाे ।
