काठमाडाैं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्ने बताउनुभएकाे छ ।
सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीले गरेकाे कार्यक्रममा बाेल्दै उपसभामुख रानाले सदैव जनताकाे पक्षमा उभिएर काम गर्ने बताउनुभयाे ।
उहाँले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । उपसभामुख रानाले भन्नुभयाे - 'मेराे कर्तव्य मैले राम्ररी बुझेकाे छु, संविधानले व्यवस्था गरेकाे अनुसार भूमिका निभाउनेछु ।'
आफ्नो कर्तव्यबाट विचलित नभई सभामुखसँग सहकार्य गरेर संघीय संसद्लाई अझ व्यवस्थित र मर्यादित बनाउने पनि बताउनुभयाे । उहाँले संविधान अनुसार सबै जातजाती र वर्ग समुदायको हक तथा हितमा काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।
