काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि ३ वटा सम्भावित कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार ताेकिएकाे सम्बन्धी पत्रकाे ब्यहाेरा पढेर सुनाउनुहुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय मानव अधिकार आयाेगकाे २२ औं वार्षिक प्रतिवेदन (आ.व ०७८-०७९)' पेस गर्नुहुने कार्यसूची छ ।
सभामुख घिमिरेले नेपालकाे संविधाकाे धारा ८९ काे खण्ड (ख) बमाेजिम प्रतिनिधि सभा सदस्यकाे स्थान एक रिक्त रहेकाे जानकारी प्रतिनिधि सभा नियमावली २०७५ काे नियम २१२ काे (१) बमाेजिक गराउनुहुने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
