काठमाडाैं । सांसद् अमृता अग्रहरिले प्रतिनिधि सभा अंशबण्डा गर्ने थलाे नभएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् अग्रहरिले भन्नुभयाे - 'याे प्रतिनिधि सभा अंशबण्डा माग्ने थलाे हाेइन, यहाँ राष्ट्रियताप्रति चिन्तन गराैं, राष्ट्रलाई कसरी समृद्धिमा लैजान सकिन्छ बहस गराैं ।'
उहाँले अंश माग्ने कुरा बालुवाटारमा गएर मात्र गर्न समेत सुझाव दिनुभयाे ।
